०५ साउन २०८३, मंगलबार

एमालेको लुम्बिनी अधिवेशन अपडेटः सचिवमा दाङका आचार्य भए निर्विरोध

अन्य पदमा साँझ ७ बजेटबाट मतदान शुरू हुने
भदौ १८, २०८०
बुटवल
एमालेको लुम्बिनी अधिवेशन अपडेटः सचिवमा दाङका आचार्य भए निर्विरोध

नेकपा (एमाले) लुम्बिनी प्रदेशको सचिवमा लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भएका छन् । सचिवमा उम्मेदवारी दिएका सोमनाथ सापकोटाले उम्मेदवारी फिर्ता लिएसँगै आचार्य निर्विरोध भएको एमाले प्रचार विभाग सदस्य डीआर घिमिरेले जानकारी दिए । 

यसअघि पनि सचिव रहेका उनी दाङका हुन् । आचार्यले अध्यक्षका उम्मेदवार राधाकृष्ण कँडेल (आरके) र हरि रिजालको प्यानलमा राखेका थिए । अब अन्य पदका लागि साँझ ७ बजेबाट मतदान शुरू हुने घिमिरेले जानकारी दिए । 

उनका अनुसार अहिले मतपत्र छाप्ने काम भइरहेको छ । लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ । अहिले पनि शीर्ष नेताहरू सहमतिका लागि छलफलमा छन् । 

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पुजन विश्वकर्माको उम्मेदवारी रहेको छ । सचिवमा दाङका लक्ष्मण आचार्य र सोमनाथ सापकोटाको उम्मेदवारी परेको छ । उपसचिव खुलामा ४ र महिलामा ३ जनाको उम्मेदवारी छ । उनीहरू उपेन्द्रलाल कामी (रुकुम पूर्व), दुर्गाप्रसाद थारू चौधरी (बाँके) पूर्ण बुढामगर (रोल्पा) र हिरा एसी (गुल्मी) हुन् । यस्तै, महिला उपसचिवमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बाँकेकी लीला रानामगरको उम्मेदवारी रहेको छ । 

मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले निर्वाचनका सबै प्रक्रिया सकेर साँझ ७ बजेबाट मतदान प्रक्रिया सुरू गर्ने बताए । कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका हुन् । कँडेल एमालेको लुम्बिनी प्रदेशको तदर्थ समितिका निवर्तमान अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्य हुन् ।


 

salt training

कमेन्ट गर्नुहोस्