
सुन प्रकरणमा मुछिएका सुमन खरेललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।
६०.७१५ केजी सुन प्रकरणमा मुछिएका उनलाई आफूहरूले भारतबाट पक्राउ गरेर ल्याएको सीआईबी स्रोतले लोकान्तरलाई बतायो ।
प्रहरीका अनुसार उनी चिनियाँ नागरिकको सहयोगीका रुपमा रहेका थिए ।