२२ जेठ २०८३, शुक्रबार

एमाले लुम्बिनी प्रदेश अधिवेशन : निर्वाचनअघि प्यानलगत प्रचारमा दुई समूह

भदौ १९, २०८०
काठमाडौं
एमाले लुम्बिनी प्रदेश अधिवेशन : निर्वाचनअघि प्यानलगत प्रचारमा दुई समूह

नेकपा एमाले लुम्बिनी प्रदेशको नयाँ नेतृत्वको लागि मंगलबार बिहानदेखि निर्वाचन शुरू हुँदैछ । अबको केही बेरमा मतदान शुरू हुने निर्वाचन समितिका सदस्य भरत पोखरेलले जानकारी दिए । 

नेतृत्वका लागि दुई समूहले प्यानलगत प्रचार प्रसारमा जुटेका छन् । अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल र प्यूठानका हरि रिजाल प्रतिस्पर्धामा छन् । 

भदौ १६ गतेदेखि बुटवलका अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बाआइसीसी) मा जारी छ । ५ जना पदाधिकारी २०५ जनाको लागि ३६४ जना प्रतिस्पर्धामा छन् । सचिवमा भने, दाङका लक्ष्मण आचार्य निर्विरोध भएका छन् । कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका मानिन्छन् । उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल (अनुप) र बाँकेका पूजन विश्वकर्माको उम्मेदवारी परेको छ । 

उपसचिव खुलामा ४ र महिलामा ३ जनाको उम्मेदवारी छ। उनीहरू उपेन्द्रलाल कामी–रुकुम पूर्व, दुर्गाप्रसाद थारू चौधरी–बाँके, पूर्ण बुढामगर–रोल्पा र हिरा एसी–गुल्मी हुन् । 

यस्तै, महिला उपसचिवमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बाँकेकी लीला रानामगरको उम्मेदवारी रहेको छ । सबै पदमा समूहगत उम्मेदवारी परेको छ भने समूहको विरोध गर्दै उपाध्यक्ष तथा उपसचिवमा अन्य उम्मेदवार पनि मैदानमा गएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्