
काठमाडौं, ३ असोज- एनआइसी एशिया बैंकर नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबीच जुनियर एशोसिएटेड अफ नेशनल बैकिङ ईन्ष्टिच्युट (जेएएनबिआइ) कोर्स संचालन गर्ने सम्झौता भएको छ । आईतबार भएको सो सम्झौतामा एन. आई. सी. एसिया बैंकका तर्फ बाट सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका हुन् ।
बैंकले सिकाइ र विकासका गतिविधिलाई थप गतिशिलता प्रदान गर्नको लागि सो कार्य गर्न लागेको हो । सम्झौता अनुसार बैंकले ३८८ जना कर्मचारीहरुलाई सो कोर्समा संलग्न गराउने छ । बैंकिङ क्षेत्रमा नै यति ठूलो संख्यामा जेएएनबिआइ कोर्स गराउने पहिलो बैंक नै एन आई सी एशिया नै रहेको बैंकले दाबी गरेको छ । यस सम्झौता अनुरुप बैंकले, नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबाट संचालन गरिने विभिन्न तालिम तथा कार्यक्रमहरुमा विशेष छुट समेत पाउनेछ ।
जेएएनबिआइ सर्टिफिकेसन कोर्स गर्नेले स्वःअध्ययन गरी एनबिआइले लिने परिक्षाहरु उत्तिर्ण गर्नु पर्ने हुन्छ । त्यस्ता परीक्षाहरु वर्षमा जून र डिसेम्बर महिनामा गरी दुई पटक सञ्चालन गर्नेगरेको एनबिआइले जानकारी दिएको छ ।