
नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ ।
उनकी आमा मालती खतिवडाको ८० वर्षको उमेरमा आज बिहान निधन भएको हो ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मालतीको बिहान निधन भएको पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए । मालतीका एक छोरा र तीन छोरी छन् ।
उनको आजै दिउँसो १२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ।