
यामाहा नेपालले मोटो जीपीका प्रशंसकहरूलाई उत्साहित बनाउने उद्देश्यका साथ ‘राइड टु मोटो जीपी’ इभेन्टको घोषणा गरेको छ ।
यामाहा नेपालले इतिहासमै पहिलोपटक दश जना राइडरहरूलाई आठ दिने मोटरसाइकल राइडको घोषणा गरेको हो । मोटो जीपी २२ सेप्टेम्बरदेखि २४ सम्म भारतमा हुँदैछ ।
भारतमा हुने आयोजनाका लागि काठमाडौंदेखि नोएडा भारतसम्मको राइड निर्धारण गरिएको यामाहाले जनाएको छ ।
यामाहाका अनुसार २० सेप्टेम्बरमा काठमाडौंको ब्लू स्क्वायर नक्सालबाट शुरू हुने राइड २३ मोटो जीपीको प्रत्यक्ष संलग्नतामा पुन काठमाडौं फर्किएर सम्पन्न हुनेछ ।
छनोटमा परेका यामाहा राइडरहरूले मोटोजीपी इन्डियामा अभ्यास सत्र, क्वालिफायर हुँदै रेससम्मको रेसिङ अवलोकन गर्नेछन् ।
यामाहाले नेपाली समुदायमा रेसिङको भावनालाई जगाउने काम गरिरहेको छ । स्पोर्ट्स मोटरसाइकल र मोटोजीपीप्रति राइडरहरूको उत्साहलाई मनन् गर्दै ‘राइड टु मोटो जीपी’ को इभेन्ट तयार गरिएको यामाहाले जनाएको छ ।
यसमा सहभागिताका लागि यामाहा नेपालले एक विशेष माइक्रो साइटको सिर्जना गरेको छ । जहाँ यामाहा राइडरहरूले पहिलो चरणको दर्ताका लागि आफ्ना प्रारम्भिक विवरणहरू पठाउन सक्ने छन् ।
यामाहाका अनुसार पहिलो चरणको दर्ता कार्यक्रम सेप्टेम्बर ९, २०२३ सम्म रहनेछ । दर्तापछि यामाहाले अर्को राउन्डको छनोट प्रक्रिया अगाडि बढाउनेछ । यामाहाले दश जना राइडरहरूको छनोट गर्नेछ ।
छनोट भएकाहरूले केही नियम र सर्तहरू पनि पालना गर्नुपर्ने यामाहाले जनाएको छ ।