३१ जेठ २०८३, आइतबार

जलवायु परिवर्तनले देखिएका समस्या समाधान गर्न एक्सन एडको आग्रह

भदौ २०, २०८०
काठमाडौं
जलवायु परिवर्तनले देखिएका समस्या समाधान गर्न एक्सन एडको आग्रह

जलवायु परिवर्तनले देखा परेका समस्या समाधान गर्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था एक्सन एडले संसद्‌को ध्यानाकर्षण गराएको छ ।

संस्थाकी कार्यकारी निर्देशक सुजिता माथेमासहितको टोलीले मंगलवार सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षणपत्र बुझाउँदै जलवायु न्यायका लागि पहलकदमी लिन आग्रह गरेको हो ।

जलवायु परिवर्तनको क्षेत्रमा वैदेशिक सहयोग प्राप्त गर्दा ऋण नभई अनुदान लिनुपर्ने एक्सन एडको आग्रह छ ।

टोलीले जलवायु वित्तलाई पारदर्शी बनाउनुपर्ने, जलवायु परिवर्तनको असरबाट प्रभावित विपन्न समुदायलाई सहायता प्रदान गर्नुपर्नेलगायत कार्यमा संसद्‌को भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

जलवायु परिवर्तनको क्षेत्रमा सरकारले सन् २०४५ सम्ममा दिगो रुपमा कार्बन उत्सर्जन घटाउने र खुद शून्य उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ।

जलवायु न्यायको मुद्दाले प्राथमिकता नपाएको भन्दै एक्सन एडले त्यसका लागि पहल गर्न संसद्‌को ध्यानाकर्षण गराएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्