१२ असार २०८३, शुक्रबार

दिवाकर र दीपिकाको ‘मायावी’ असोजबाट छायांकनमा जाने

भदौ २०, २०८०
काठमाडौं
दिवाकर र दीपिकाको ‘मायावी’ असोजबाट छायांकनमा जाने

निर्देशक दिवाकर भट्टराई नयाँ फिल्म निर्देशनको तयारीमा जुटेका छन् । पछिल्लो पटक फिल्म ‘क्याप्टेन’ निर्देशन गरेका उनी करिब चार वर्षपछि फिल्म ‘मायावी’मार्फत निर्देशनमा कमब्याक गर्न लागेका हुन् । 

निर्देशक भट्टराईले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बुधवार ‘मायावी’को औपचारिक निर्माण घोषणा गरेका हुन् । फिल्ममा भट्टराई स्वयंको कथा रहनेछ । निर्देशक भट्टराईले प्रेमकथाको फिल्ममा तीन अभिनेता र दुई अभिनेत्री रहने जानकारी दिएका छन् । 

फिल्ममा दुई अभिनेत्रीमध्ये यसअघि नै दीपिका प्रसाईं फाइनल भइसकेकी छन् । फिल्म ‘ऐश्वर्य’पछि दिवाकर र दीपिकाको यो दोस्रो सहकार्य हो । 

फिल्मका अन्य कलाकार र प्राविधिक चाँडै सार्वजनिक गरिने निर्देशक भट्टराईले जानकारी दिए । क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्ममा एसडी योगीको संगीत, राम थापा अविरलको गीत रहनेछ । 

फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ । 

दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्