
काठमाडौं, ३ असोज– प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले चाडपर्वको अवसर पारेर चियापान समारोह नगर्न राजनीतिक दललाई आग्रह गरेका छन् ।
राजधानीमा आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले यस वर्ष राजनीतिक दलले चियापान नगर्न दलहरुलाई आग्रह गरेका हुन् । उनले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएका कारण राजनीतिक उदेश्य लिएर चियापान गर्न नमिल्ने बताए ।
उनले भने,‘यस वर्ष निर्वाचनको वर्ष हो । त्यसकारण अब आउने चाडपर्वमा राजनीतिक दलहरुले चियापन गर्न मिल्दैन, राजनीतिक उदेश्य लिएर चियापान गर्न पाइदैन, भोजभतेर गर्न मिल्दैन ।’ उनले भने ।
प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र लगायतका दलले दशै तिहार र छठ पर्वको अवसरपारेर चियापान गर्ने गरेका छन् ।