
एसिया कप क्रिकेटअन्तर्गत सुपर ४ को जारी खेलमा बंगलादेशले घरेलु टोली पाकिस्तानलाई १९४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
लाहोरस्थित गद्दाफी स्टेडियममा टस जिजेर पहिले ब्याटिङ गरेको बंगलादेशले ३८.४ ओभरमै सबै विकेट गुमाएर १९३ रन मात्र बनाएको छ ।
बंगलादेशका मुशाफिर रहिम र कप्तान शकिब अल हसनले अर्धशतकीय पारी खेलेका थिए ।
रहिमले सर्वाीधक ६४ तथा हसनले ५३ रन बनाए ।
पकिस्तानका हरिस रैफले सर्वाधिक ४ तथा नसिम शाहले ३ विकेट लिए । केहीबेरपछि पाकिस्तानले ब्याटिङ गर्नेछ ।