०८ साउन २०८३, शुक्रबार

आसियानमा शक्ति राष्ट्रबीच विवाद, मुलमुद्दाभन्दा राजनीतिक विषय बढी

भदौ २०, २०८०
काठमाडौं
आसियानमा शक्ति राष्ट्रबीच विवाद, मुलमुद्दाभन्दा राजनीतिक विषय बढी

जकार्ता–शक्ति राष्ट्रका विवादका कारण दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) शिखर सम्मेलन छायामा परेको छ । इन्डोनेसियाको राजधानी जकार्तामा जारी शिखर सम्मेलन र सोही क्रममा आयोजना हुने शक्तिराष्ट्रबीच हुने विभिन्न उच्चस्तरीय बैठक आर्थिक विकासका मुलमुद्दाभन्दा राजनीतिक विषयका कारण छायामा परेको हो । 

अमेरिकी, चिनियाँ र जापानी अधिकारीहरूसँग आज हुने भेटमा  ठूला शक्ति प्रतिद्वन्द्वीले दक्षिण चीन सागरको विषयलाई लिएर चीन र अमेरिकालगायत देशबीचको तनाव, युक्रेन युद्ध तथा उत्तर कोरियाली क्षेप्यास्त्र विकास कार्यक्रमजस्ता क्षेत्रीय मुद्दा छलफलको एजेण्डामा छन् । 

१० सदस्यीय आसियानले चीन, जापान, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र क्यानडासँग छुट्टाछुट्टै शिखर सम्मेलन गर्दैछ । सम्मेलनमा राष्ट्रपति जो बाइडेनको स्थानमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस सहभागी भएको छ भने राष्ट्रपति सी चिनफिङको सट्टा चिनियाँ प्रधानमन्त्री ली छ्याङ भाग लिँदै छन् ।

‘हामी भिन्नताहरूलाई पन्छाएर साझा आधार खोज्छौंँ,  हामी दुवैले शान्तिको लागि अथक प्रयास गरिरहेका छौं । जबसम्म हामी सही बाटोमा हिँड्छौं, जस्तोसुकै आँधीबेहरी आए पनि चीन–आसियान सहयोग सधैंजस्तै सुदृढ हुनेछ। सबै बाधाविरुद्ध एकताबद्ध भएर उभिनेछ,’ चिनियाँ प्रधानमन्त्री लीले आसियान–चीन शिखर सम्मेलनको उद्घाटन मन्तव्य व्यक्त गर्दै भने । 

salt training

कमेन्ट गर्नुहोस्