×

NMB BANK
NIC ASIA

विराटनगरमा राधाकृष्ण रथयात्राको ५५ औं संस्करणः ५ लाख सहभागी हुने अनुमान, ५ हजार प्रहरी परिचालन

विराटनगर | भदौ २१, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगरको सांस्कृतिक पहिचान बनिसकेको राधाकृष्ण रथयात्राको ५५ औं संस्करण आज बिहीवार आयोजना हुँदैछ । पाँच लाख भक्तजन सहभागी हुने अनुमान गरिएको यसपटकको रथयात्राको तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । 

Muktinath Bank

५५ वर्षयता विराटनगरमा हरेक वर्ष  श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकाल्ने गरिएको छ । कोरोना भाइरस महामारीका कारण दुई वर्ष भने परम्परा कायम राख्न खटयात्रा मात्रै निकालिएको थियो । आयोजक समितिका अनुसार यसपटक तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट शुरू हुने रथयात्रा ट्राफिक चौक–रोडशेष चौक–बसपार्क–महेन्द्र चौक–भृकुटी चोक– बरगाछी चौक र दुर्गा चौकहुँदै राधाकृष्ण मन्दिरमै आएर समापन हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विस १९८८ मा खटयात्राबाट शुरू भएर २०२४ सालदेखि रथयात्रामा परिणत भएको यो धार्मिक उत्सवमा यसपटक नेपाल र भारतबाट श्रद्धालुहरूसहित विभिन्न नगरका मेयरहरू पनि सहभागी बन्दैछन् ।


Advertisment
Nabil box
Kumari

आकर्षक रुपमा सजिएको रथमा राधाकृष्ण युगल जोडीलाई रथारोहण गराएर नगर परिक्रमा गराइने गरिन्छ । हिन्दू धर्मावलम्बीले विशेष रुपमा मनाउने र उल्लास प्रकट गर्ने विराटनगरको रथयात्रामा अन्य धर्मावलम्बीको पनि उत्तिकै सहभागिता हुने गरेको छ । 

Vianet communication
Laxmi Bank

‘यसपटकको रथयात्राको सम्पूर्ण तयारी पूरा भएको छ,’ मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले भने, ‘विराटनगरको सांस्कृतिक र धार्मिक वैभव बनेको रथयात्रा भव्य तुल्याउन हामी सबैमा अपिल गर्दछौं ।’ 

अत्यधिक जनसहभागिता हुने रथयात्रालाई लक्षित गरेर विराटनगरका विभिन्न स्थानमा खानेपानीको प्रबन्ध भएको छ भने सुरक्षा व्यवस्था पनि कडा तुल्याइएको छ । जिल्ला प्रहरी कार्यालय, मोरङले रथयात्राका लागि पाँच हजार प्रहरी परिचालित गरिने जनाएको छ । 

मोरङ प्रहरी प्रवक्ता डीएसपी रञ्जन दाहालका अनुसार पाँच हजार सुरक्षाकर्मीले रथयात्रालाई सुरक्षा प्रदान गर्नेछन् । प्रहरीले पनि रथयात्रामा पाँच लाख भक्तजन सहभागी हुने अनुमान गरेको छ । 

राधाकृष्ण रथयात्रालाई लक्षित गरेर प्रहरीले सर्वसाधारणलाई ११ बुँदे सुझाव दिँदै सूचनासमेत जारी गरेको छ । जिल्ला प्रहरी कार्यालयले एक सूचना जारी गर्दै राधाकृष्ण रथयात्रामा लाखौंको संख्यामा श्रद्धालु भक्तजनको उपस्थिति हुने र उक्त समारोहमा हुने भिडभाडको फाइदा उठाउँदै आपराधिक प्रवृत्तिका मानिसहरूबाट चोरी, लुटपाट, पाकेटमारी लगायतका अवाञ्छित गतिविधि हुनसक्नेप्रति सचेत गराएको छ । 

यस्तै रथयात्राका क्रममा भागदौड मच्चिइ मानवीय दुर्घटना हुनसक्ने, बालबच्चाहरू हराउन सक्ने, बृद्ध–बृद्धा घाइते हुनसक्ने जोखिम रहेको भन्दै प्रहरीले ११ बुँदे सूचना जारी गरेको हो । 

प्रहरीले प्रभावकारी सुरक्षा व्यवस्थाको लागि भन्दै बहुमूल्य गरगहना नलगाउन, नगद र बहुमूल्य सामग्रीहरू साथमा नल्याउन, रथयात्राको मार्ग र समारोहस्थल वरपर सवारी साधन पार्किङ नगर्न आग्रह गरेकोसमेत गरेको छ । 

यसैगरी सवारीसाधनमा ह्यान्डल लक, ह्विल लकलगायतका सुरक्षाका अतिरिक्त विधि अपनाउन, सीसीटीभी तथा मानिसको निगरानी रहेको सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, आफ्नो साथमा बालबालिकाहरू लिइ समारोहमा नआउन, बृद्धबृद्धाले साथमा सहयोगी लिएरमात्र आउन प्रहरीले आग्रह गरेको छ । 

भिडभाडको फाइदा लिइ महिला तथा बालबालिकाहरूमाथि हुनसक्ने दुव्र्यवहारप्रति सजग रहन भन्दै प्रहरीले घरका सबै सदस्य एकैपटक घरबाट ननिस्की आलो–पालो गरेर मात्र आउन पनि आग्रह गरेको छ ।

प्रहरीले जोसुकै शंकास्पद व्यक्ति हुन सक्ने भएकाले हर–हमेसा चनाखो रहन आग्रह गरेको छ । साथै, कुनै पनि प्रकारका चोरी, लुटपाट, दुब्र्यवहार लगायतका समस्या भएमा वा कसैको गतिविधि शंकास्पद लागेमा तत्काल नजिकैको प्रहरी वा प्रहरी कन्ट्रोलको १०० नम्बरमा जानकारी दिन पनि जिल्ला प्रहरी कार्यालयले अपिल गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x