२८ असार २०८३, आइतबार

काठमाडौं– १६ का वडाध्यक्ष रिजालको निधन

भदौ २१, २०८०
काठमाडौं
काठमाडौं– १६ का वडाध्यक्ष रिजालको निधन

काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।

रिजालको निधन भएको महानगरका सुरक्षा प्रमुख राजु पाण्डेले लोकान्तरलाई जानकारी दिए । उनको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

रिजाल नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । रिजाल काठमाडौं कांग्रेस क्षेत्र नम्बर ७ क्षेत्रिय सभापतिसमेत हुन् ।

रिजाल गत स्थानीय तह निर्वाचनमा ४ हजार ५ मतका साथ अध्यक्षमा विजयी भएका थिए । उनले नेकपा (एमाले)का लक्ष्मीरत्न तुलाधरलाई पराजित गरेका थिए ।

उनको डेंगु संक्रमणबाट निधन भएको बताइए पनि यसकाे यसकाे आधिकारिक पुष्टि हुन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्