२२ जेठ २०८३, शुक्रबार

अत्यधिक रक्तश्राव भएपछि गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

भदौ २१, २०८०
संखुवासभा
अत्यधिक रक्तश्राव भएपछि गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
फाइल फोटो

अत्यधिक रक्तश्राव भएकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । 

सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ की ३३ वर्षीया विमला राईलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दीपा पोख्रेलले जानकारी दिइन् ।

उनका अनुसार बुधवार बिहान १० बजे स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएकी राईलाई अत्यधिक रक्तश्राव भएपछि प्रसूति गृह काठमाडौं पठाइएको हो ।

राईलाई अत्यधिक रक्तश्राव भएको र बच्चा पनि उल्टो अवस्थामा देखिएपछि थापाथली प्रसूति गृह पठाइएको स्वास्थ्य शाखा प्रमुख पोख्रेलको भनाइ छ । 

सङ्खुवासभामा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हालसम्म १२ भन्दा बढी सुत्केरी तथा गर्भवतीको उद्धार गरिएको छ । 

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार गरी तोकिएका अस्पतालमा पुर्‍याउने व्यवस्था मिलाइएको छ । 

सरकारले दुर्गम भेगमा जोखिममा परेका गर्भवती, लगातार लामो व्यथा लागेर बच्चा जन्माउन कठिनाइ भएका, गर्भमा नै बच्चाको मृत्यु भएका र सुत्केरीपश्चात् अत्यधिक रक्तश्राव भएको अवस्थामा निःशुल्क उद्धार गर्दै आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्