×

NMB BANK
NIC ASIA

कस्तो चल्दैछ विष्णु माझीको तीज गीत ?

स्रोता दर्शकले भने – ‘बलमा...’को अर्थ नै बुझिएन

काठमाडाैं | भदौ २१, २०८०

NTC
Premier Steels

२०६१ सालदेखि हरेक वर्ष नियमित रुपमा तीज गीत ल्याउँदै आएकी गायिका विष्णु माझीले यसपटक पनि त्यसलाई निरन्तरता दिइन् । ​​

Muktinath Bank

नजिकिँदै गरेको तीजको माहोलमा उनको गीतको प्रतीक्षा फ्यान, शुभचिन्तक एवं स्रोता–दर्शकले गरिरहेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार बेलुका ‘पुतलीको भट्टी–१९’का रुपमा उनले ‘बलमा...’बोलको गीत सार्वजनिक गरिन् । 


Advertisment
Nabil box
Kumari

यो कोसेली सार्वजनिक गर्दै विष्णुले आफ्नो गीतको प्रतीक्षामा रहेका स्रोता–दर्शकहरु खुशी तुल्याइन् ।

Vianet communication

तर, उनको तीज गीतलाई लिएर स्रोता दर्शकहरुको सन्तुष्ट भने हुन सकेनन् ।

कतिपय स्रोता–दर्शकले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अपेक्षा गरेअनुसारको गीत नआएको बताएका छन् ।

कतिपयले गीतको कथावस्तु नबुझेको प्रतिक्रिया दिएका छन् । धेरैले ‘बलमा...’को अर्थ नै नबुझेको बताएका छन् । केहीले मोडल नसुहाएको समेत बताएका छन् । युट्युबमा हेर्ने हो भने पनि गीत मन नपरेको प्रतिक्रिया दिनेहरु यसपटक धेरै देखिएका छन् ।

चन्द्रकला खनाल नामबाट युट्युबमा प्रतिक्रिया छ – ‘विष्णु माझीको गीत आउँदैमा सबै राम्रो नै लाग्नुपर्छ भन्ने छैन । मलाई चाहिँ यो गीत खासै मन परेन ।’

अर्का रमन पोखरेल नामक प्रयोगकर्ताले लेखेका छन्, ‘विष्णु माझीको स्वर भएर मात्र सुन्या हो है, स्वरमात्र मन पर्यो अरू भन्या त्यस्तै हो ।’
कतिपयले विगतको गीत ‘चरी जेलैमा’ जस्तो नआएको बताएका छन् । 

विष्णुको स्वरको भने सबैले प्रशंसा नै गरेका छन् । युट्युब भ्युजको सन्दर्भमा बिहीवार दिउँसोसम्म २१ घण्टामा ६ लाख हाराहारीले गीत हेरेका छन् । विष्णुको गीतको भ्युज पनि अपेक्षा गरेअनुसारको होइन । 

गीतमा विष्णुकै श्रीमान सुन्दरमणि अधिकारीको शब्द एवं संगीत छ । आशिष अविरलले गीतलाई एरेन्ज तथा मिक्सिङ गरेका हुन् । 

भिडियोमा यसपटक बिनु सुवेदी फिचर्ड छिन् । साथमा, सुन्दरमणि अधिकारी पनि प्रस्तुत छन् । मौसम हिमालीले कोरियोग्राफी रहेको भिडियोलाई निर्माण एवं निर्देशन सुन्दरमणिले नै गरेका हुन् । 

शम्भु चालिसेको छायांकन, निशान घिमिरेको सम्पादन रहेको गीत सुन्दरमणि र विष्णुकै सपना म्युजिक इण्डष्ट्रीज नामक युट्युबबाट सार्वजनिक गरिएको हो । 

विष्णु तीज गीतमा सबैभन्दा धेरै भाग ल्याउने गायिका हुन् । लोकदोहोरीमा सबैभन्दा धेरै हेरिने गीतमा पनि विष्णुले रेकर्ड कायम गरेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x