२९ जेठ २०८३, शुक्रबार

सिटिनेट नेपाल राष्ट्रिय अध्यायमा नयाँ कार्यसमिति चयन

भदौ २१, २०८०
विराटनगर
सिटिनेट नेपाल राष्ट्रिय अध्यायमा नयाँ कार्यसमिति चयन

सिटिनेट नेपाल राष्ट्रिय अध्यायको वार्षिक साधारणसभा एवं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । साथै सिटिनेटले सदस्य पालिकाको सहकार्यबाटै दिगो विकासका लक्ष्य पूरा हुने विश्वास लिएको छ । 

विराटनगरमा आज सम्पन्न अधिवेशनले पालिकाको प्रविधियुक्त, सुरक्षित तथा प्रभावकारी सहरी विकास प्रणालीको प्रवर्द्धन, फोहरमैला व्यवस्थापन र गुणस्तरीय विकास व्यवस्थापन तथा कार्यान्वयनमा पनि सहकार्य उपलब्धि मूलक रहने प्रतिबद्धता लिएको छ ।

सिटिनेटको दशौं अधिवेशन पोखरा महानगरपालिकामा आयोजना गर्न समिति बनाएर काम अगाडि बढाउने निर्णय भएको छ । 

कार्यसमितिको अध्यक्षमा विराटनगर महानगरपालिका अध्यक्ष, उपाध्यक्षमा बुटवल उपमहानगरपालिका उपाध्यक्ष, महासचिवमा तानसेन नगरपालिका, कोषाध्यक्षमा भीमदत्त नगरपालिका छन् । 

साथै सदस्यमा पोखरा, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिका जीतपुरसिमरा र हेटौँडा उपमहानगरपालिका, वीरेन्द्रनगर महानगरपालिका, इन्सेक नेपाल, भूकम्प प्रविधि समाज नेपाल र उपमहानगरपालिका सदस्य छन् ।

विश्वमा बढ्दो शहरीकरण एवं जनसङ्ख्या वृद्धिको नकारात्मक असरलाई मध्यनजर गरी एसिया तथा प्रशान्त क्षेत्रका शहरी विकाससम्बन्धी संस्थाको सञ्जालको नेतृत्व गर्न सन् १९८७ मा सिटिनेट नामक अन्तर्राष्ट्रिय संस्थाको स्थापना थियो ।

हालसम्म यो सञ्जालले एक सय ३५ भन्दा बढी नगरपालिका, गैरसरकारी संस्था, निजी कम्पनी र अनुसन्धान केन्द्र छन् । 

salt training

कमेन्ट गर्नुहोस्