१० साउन २०८३, आइतबार

विराटनगरमा दक्षिण एसियाकै दोस्रो ठूलो रथयात्रा (फोटो फिचर)

भदौ २१, २०८०
विराटनगर
विराटनगरमा दक्षिण एसियाकै दोस्रो ठूलो रथयात्रा (फोटो फिचर)

विराटनगरमा कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा शुरू भएको छ ।

विधिवत् रूपमा पूजा अर्चना गरेपछि तीनपैनी चोकस्थित राधाकृष्ण मन्दिरबाट ५५ औं संस्करणको रथयात्रा शुरू भएको हो । 

​​​रथयात्राको दूरी कुल ९ किलोमिटर तय भएको मूल समारोह समितिले जनाएको छ ।

null

रथयात्राका लागि यसपटक समितिले ४३ ठाउँमा विश्राम स्थलको व्यवस्थापन मिलाएको छ । 

भारतको जगन्नाथ पुरीपश्चात दक्षिण एसियाकै दोस्रो ठूलो रथयात्रा अवलोकनका निम्ति भारतसहित नेपालका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख विराटनगरमा छन् ।

यसबाहेक नेपालको कोशी र मधेश प्रदेशका साथै भारतको बिहार र पश्चिम बङ्गालसम्मका श्रद्धालु भक्तजनहरू यति बेला रथयात्रामा सहभागी छन् ।

null

रथयात्रामा सहभागीहरूको सुरक्षा र आपराधिक गतिविधि नियन्त्रणका निम्ति जिल्ला प्रहरी कार्यालयले हजारभन्दा बढीको संख्यामा प्रहरी परिचालन गरेको छ ।

null

null

salt training

कमेन्ट गर्नुहोस्