०१ असार २०८३, सोमबार
सन्दीपविरुद्धको मुद्दा

सन्दीपविरुद्धको मुद्दा : जन्म दर्तासहित थप कागजात झिकाउने आदेश

भदौ २१, २०८०
काठमाडौं
सन्दीपविरुद्धको मुद्दा : जन्म दर्तासहित थप कागजात झिकाउने आदेश
फाइल फोटो

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडित किशोरी गौशाला २६ को जन्मदर्तासम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ ।

न्यायाधीश शकुन्तला कार्कीको इजलासले पुरानो पालिकामा भएको जन्मदर्ता र बसाइँसराइको कागजात भए झिकाउन आदेश दिएको एक कानून व्यवसायीले बताए ।

सन्दीपविरुद्धको मुद्दा आज काठमाडौं जिल्ला अदालतकी न्यायाधीश सकुन्तला कार्कीको इजलासमा पेसी तोकिएको थियो ।

काठमाडौं जिल्ला अदालतले थुनामा पठाएका लामिछाने उच्च अदालतको आदेशबाट छुटेका थिए ।

सन्दीपले आफूलाई काठमाडौंको एक होटलमा लगेर पटक–पटक बलात्कार गरेको भन्दै १७ वर्षकी एक किशोरीले २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्