
थाइल्याण्ड लैजान लागेको १२ किलो चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका ३ का ४५ वर्षीय विकास भन्ने विरु, लमजुङको दोर्दी गाउँपालिका ५ का ३४ वर्षीय सुन्दर गुरुङ र ४७ वर्षीय औताराम गुरुङ रहेका छन् ।
यही भदौ ५ गते बाटीक एयरको (डी) १८१ नम्बरको उडानबाट थाइल्याण्ड जान लागेका उनीहरूलाई लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रहरीले ११ किलो ७०० ग्राम अवैध लागुऔषध चरेस बरामद गरेको ब्यूरोले जनाएको छ ।