
काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले कुशे औंसी (गोकर्ण औंसी) पर्वका अवसरमा स्थानीय विदा दिने निर्णय गरेको छ । कुशे औंसी यही बिहीबार परेको छ ।
सो दिन नगरपालिका अन्तर्गतका वडा कार्यालयहरु र शिक्षण संस्थाहरु लगायतका निकायहरुलाई स्थानीय विदा दिने निर्णय भएको नगर प्रमुख दिपक कुमार रिसालले जारी गरेको सूचनामा उल्लेख छ ।