२५ जेठ २०८३, सोमबार
दु:खद् खबर

नेम्वाङको निधनपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली शिक्षण अस्पतालमा

भदौ २६, २०८०
काठमाडौं
नेम्वाङको निधनपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली शिक्षण अस्पतालमा
तस्वीरः राजन काफ्ले

 नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा पुगेका छन् । 
नेम्वाङको गएराति हृदयघात भएसँगै त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा चिकित्सकले बिहान करिब २ बजे मृत घोषणा गरेका थिए । 
उनको निधन भएसँगै प्रचण्ड, ओलीलगायतका नेताहरु अस्पताल पुगेका हुन् । 

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा इलामबाट विजयी नेम्वाङ नेकपा एमाले संसदीय दलका उपनेता थिए ।

यसैगरी २०७९ फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा एमालेको तर्फबाट प्रत्यासी थिए । 

२०६३ सालमा सम्पन्न जनआन्दोलनबाट पुनस्थापित प्रतिनिधि सभाको सभामुख बनेका नेम्वाङ त्यसपछि २०६४ र २०७० सालको संविधान सभाका अध्यक्ष थिए । 

salt training

कमेन्ट गर्नुहोस्