काठमाडौँ, ४ भदौ- डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनलाई १० वर्षभित्र उपत्यकाबाट पूर्ण रूपमा हटाएर विद्युतीय गाडी ल्याउन संसद्मा संकल्प प्रस्ताव पेस भएको छ । यी सवारीसाधन नै वायु प्रदूषणको मुख्य कारक रहेको भन्दै तिनलाई हटाउन संसद्मा संकल्प प्रस्ताव पेस भएको हो । वातावरणविद्हरूका अनुसार काठमाडौंमा वायु प्रदूषणको करिब ६० प्रतिशत हिस्सा गाडीको धूवाँले ओगटेको छ, कान्तिपुरमा खबर छ ।