
नेकपा एमालेका सचेतक महेश बर्तौलाले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनसँगै ‘मियो ढलेको’ बताएका छन् ।
एमाले नेता नेम्वाङको निधनसँगै एउटा अभिभावक गुमाएको उनले बताएका छन् । ‘आज हाम्रो मियो ढल्यो । अभिभावक गुमायौं । कहिल्यै बिर्सने छैनौं । आदरणीय नेता सुवास नेम्वाङज्यू,' सामाजिक सञ्जालमा उनले लेखेका छन् ।
हृदयाघात भएर नेम्वाङको गएराति निधन भएको छ । नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
नेम्वाङको पार्थिव शरीर श्रद्धान्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिने भएको छ । नेम्वाङको शव अहिले बिहान ७ बजेदेखि पार्टी कार्यालयमा राखिने एमाले नेता प्रदिप ज्ञवालीले जानकारी दिए ।