२५ जेठ २०८३, सोमबार
पहिरोले सडक अवरुद्ध

सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

भदौ २६, २०८०
चितवन
सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिए ।

अहिले पहिरो पन्छाउने तयारी गरिएको छ । पहिरो पन्छाउन ‘लोडर’ र ‘एक्साभेटर’ तयारी अवस्थामा रहेको प्रहरी प्रमुख तामाङले बताए ।पहिरो पन्छ्याउन अझै दुई घण्टा लाग्ने अनुमान छ । 

सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।

नारायणगढ–मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्