०२ असार २०८३, मंगलबार

नेम्वाङको निधनपछि आकस्मिक मन्त्रिपरिषद् बैठक

भदौ २६, २०८०
काठमाडौं
नेम्वाङको निधनपछि आकस्मिक मन्त्रिपरिषद् बैठक
फाइल तस्वीर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

एमाले उपाध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको निधनपछि प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । 

बैठकबाट नेम्वाङको अन्तिम संस्कारबारे निर्णय हुने ठानिएको छ । ​नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो । हाल उनको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । 

त्यहाँबाट उनको पार्थिव शरीर एमाले पार्टी कार्यालय लैजाने तयारी छ । 

यस्तै बैठकमा प्रधानमन्त्रीको आगामी चीन भ्रमणमा रहने टोलीबारे पनि निर्णय हुने एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए । 

जम्बो टोली लिएर अमेरिका जान लागेको भन्दै आलोचना भएपछि प्रधानमन्त्री प्रचण्डले भ्रमण टोलीका सदस्यहरूको संख्या घटाउन निर्देशन दिएका थिए । 

कामै नभएका राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, राजनीतिक सल्लाहकार हरिबोल गजुरेललगायत २४ जनाको टोली अमेरिका जाने तयारीमा थियो । आइतवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा राजनीतिक दलका नेताहरूले जम्बो टोली लिएर नजान सुझाव दिएका थिए ।

राष्ट्रसंघको महासभामा सहभागी हुन प्रचण्ड भदौ ३० गते अमेरिका प्रस्थान गर्दैछन् । प्रचण्ड त्यतैबाट चीन भ्रमणमा जाने कार्यक्रम छ । 

यसअघि नियमित मन्त्रीपरिषदको बैठक मंगलबार साँझ बस्ने तय भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्