
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा गहिरो समवेदना व्यक्त गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् ओलीले नेम्वाङ पार्टीको उपाध्यक्ष मात्र नभए हितैषी मित्र र सुख दुःखको साथीसमेत भएको बताएका छन् ।
लोकतान्त्रिक संविधान निर्माण गर्न नेम्वाङले र्याएको योगदान सधैं सम्झिरहने ओलीको भनाइ छ । 'मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो। लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनुभएको योगदान सधैं सम्झिरहने छौं,' ओलीले लेखेका छन्, 'मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। श्रद्धाञ्जली सुवासजी !'
नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो । हाल उनको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
त्यहाँबाट उनको पार्थिव शरीर एमाले पार्टी कार्यालय लैजाने तयारी छ ।