२६ जेठ २०८३, मंगलबार
संविधानसभा अध्यक्ष नेम्वाङको निधन

प्रेसर र सुगरको औषधि खान्थे नेम्वाङ, सोमवार दिउँसैदेखि थिएन सञ्चो​

भदौ २६, २०८०
काठमाडौं
प्रेसर र सुगरको औषधि खान्थे नेम्वाङ, सोमवार दिउँसैदेखि थिएन सञ्चो​

गए राति निधन भएका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सोमवार दिउँसोदेखि नै बिसञ्चो रहेको नेताहरूले बताएका छन् ।

एमाले सचेतक सचेतक महेश बर्तौलाका अनुसार नेम्वाङले सोमवार दिउँसो नै आफूलाई सञ्चो छैन भनेका थिए ।

‘मलाई अलि सञ्चो छैन, भोलि बिहान ८ बजे भेटौंला,’ नेम्वाङको भनाइ स्मरण गर्दै महेशले भने ।

मंगलवार बिहान सिंहदरबारमा बस्ने तय भएको कानून तथा न्याय समितिको बैठकमा आउँछु भनेर नेम्वाङले जानकारी गराएको पनि उनले उल्लेख गरे ।

‘आज समितिको बैठक सिंहदरबारमा बस्ने कार्यक्रम थियो । उहाँले हिजो कुरा हुँदा भोलि (मंगलवार) भेटौंला भन्नुभएको थियो । तर, दुःखद् निधन भयो ।’

बर्तौलाका अनुसार नेम्वाङले प्रेसर र सुगरको औषधि खाँदै आएका थिए ।

‘उहाँ प्रेसर र सुगरको औषधि खानुहुन्थ्यो,’ बर्तौलाले भने, ‘तर टिचिङको आँगन बालुवटारमा बसेर पनि जोगाउन सकिएन, दुःख लागेको छ।’

बाथरुममा अचेत अवस्थामा भेटिएका नेम्वाङलाई राति साढे १ बजे टिचिङ अस्पताल पुर्‍याइएको थियो । तर, अस्पताल पुर्‍याउँदासम्म उनको निधन भइसकेको पाइएको छ ।

नेम्वाङ आइतवार धरान पुगेर फर्किएका थिए । सोमवार दिनभर उनलाई हल्का ज्वरो आएको पारिवारिक स्रोतले जनाएको छ ।

स्रोतका अनुसार उनी सोमवार साँझ सुप खाएर सुतेका थिए ।

राति १ बजेतिर नेम्वाङलाई बाथरुममा अचेत अवस्थामा भेटिएको थियो ।

लगत्तै अस्पताल पुर्‍याइए पनि चिकित्सकले तत्काल मृत घोषित गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्