२० असार २०८३, शनिबार

नाम्सी पुलको पहिरो पन्छाएसँगै दुईतर्फी सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक खण्ड

भदौ २६, २०८०
काठमाडौं
नाम्सी पुलको पहिरो पन्छाएसँगै दुईतर्फी सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडक खण्ड

अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।​

चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित​ नाम्सी पुलमा पहिरो खसेपछि एकतर्फी मात्रै सञ्चालनमा रहेको सडक मंगलवार साँझ ५ बजेदेखि  दुईतर्फी सञ्चालनमा आएको हो ।

डिभिजन कार्यालय भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार दुईतर्फी यातायात सञ्चालनका लागि करिब २ घण्टा समय लागेको थियो ।

सडक डिभिजनको तैनाथ अवस्थामा राखिएको मेसिनद्वारा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको हो ।

यसअघि नाम्सी पुलमा आज बिहान ६ः४५ बजे सुक्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्