२५ असार २०८३, बिहीबार

नेम्वाङको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ : जसपा

भदौ २६, २०८०
काठमाडौं
नेम्वाङको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ : जसपा

जनता समाजवादी पार्टी (जसपा), नेपालले संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेको छ । 

“पञ्चायतविरुद्धको आन्दोलनदेखि ऐतिहास अनआन्दोलनसम्म मुलुकमा भएका परिर्वतनकारी सङ्घर्षमा अग्रणी भूमिका निर्वाह गर्नुभएका भद्र एवं शालीन व्यक्तित्व स्व नेम्वाङको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ”, आज जारी विज्ञप्तिमा उल्लेख छ । 

नेकपा (एमाले) का उपाध्यक्ष नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएको हो ।

त्यसैगरी सो पार्टीले मधेश प्रदेशसभा सदस्य विन्दु यादवको आज भएको निधनप्रति दुःख व्यक्त गरेको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्