०७ असार २०८३, आइतबार

१४ हजार ५ सय रुपैयाँ घुससहित प्रधानाध्यापक पक्राउ

भदौ २६, २०८०
काठमाडौं
१४ हजार ५ सय रुपैयाँ घुससहित प्रधानाध्यापक पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ हजार ५०० रुपैयाँ घुससहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ७ भिस्मापुरस्थित श्री सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरककी प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्याय रहेकी छिन् ।​

आयोगका प्रवक्ता भोला दाहालका अनुसार उपाध्यायले विद्यालयमा हाजिरी गराउन सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागेकी थिइन् ।

सोही सूचनाका आधारमा आयोगको कार्यालय, बुटवलको सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १४ हजार ५०० रुपैयाँसहित  नियन्त्रणमा लिएको हो ।

थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

कमेन्ट गर्नुहोस्