२४ जेठ २०८३, आइतबार

पुटिनको दाबी– रुसी सेनामा स्वेच्छिक रुपमा सेवा गर्न चाहनेको सङ्ख्या बढ्दो

भदौ २६, २०८०
काठमाडौं
पुटिनको दाबी– रुसी सेनामा स्वेच्छिक रुपमा सेवा गर्न चाहनेको सङ्ख्या बढ्दो

मस्को–रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले  बितेका ६ महिनामा तीन लाख सैनिक परिचालन भएको तथा दुई लाख ७० हजार नागरिकले स्वस्फूर्तरुपमा रुसी सेनामा सामेल भएर राष्ट्रसेवामा योगदान गर्ने अभिमत जाहेर गरेको दाबी गरेका छन् । 

भ्लादिभोस्तकमा जारी आर्थिक मञ्चको बैठकमा राष्ट्रपति पुटिनले दुई लाख ७० हजार नागरिकले सेनामा भर्ती हुनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका बताए । 

पछिल्ला ६ महिनामा दुई लाख ७० हजार नागरिकले स्वेच्छिक रुपमा रुसी सेनामा सेवा गर्न सम्झौता गरेका, सेनामा अनुबन्ध हुन चाहनेको सङ्ख्या बढिरहेको छ, दैनिक रुपमा एक हजार देखि एक हजार पाँच सय सम्म सम्झौता गर्न आइरहेका छन्,’ सैन्य भर्तीबारे विस्तृत विवरण उल्लेख नगरी रुसी राष्ट्रपति पुटिनले दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्