२५ जेठ २०८३, सोमबार

लिबिया बाढी : दुई हजार ३०० को मृत्यु, हजारौँ बेपत्ता

भदौ २७, २०८०
काठमाडौं
लिबिया बाढी : दुई हजार ३०० को मृत्यु, हजारौँ बेपत्ता

लिबियामा आएको विनाशकारी बाढीका कारण कम्तीमा दुई हजार ३०० व्यक्तिको मृत्यु हुनुका साथै हजारौं बेपत्ता भएका छन् । करिब एक लाख मानिसहरू बसोबास गर्ने भूमध्यसागरीय तटीय शहर डेर्नामा ठूलो बाढी आएको हो ।

आपतकालीन सेवाहरूले डेर्नामा मात्र दुई हजार ३०० भन्दा बढीको मृत्यु भएको प्रारम्भिक रिपोर्ट गरेका छन् । उक्त विनासकारी बाढीका कार पाँच हजारभन्दा बढी मानिसहरू हराइरहेको र लगभग सात हजार घाइते भएका छन् । 

ग्रीस, बुल्गेरिया र टर्कीमा आइतबार आएको आँधी ‘डेनियल’को मुसलधारे वर्षाका कारण बाढी आएको हो ।

बेन्गाजीबाट २५० किलोमिटर (१५० माइल) पूर्वमा पर्ने डेर्ना पहाडहरूले घेरिएको छ । 

लिबियाको पूर्वी क्षेत्रमा सहायता समूह नर्वेजियन रिफ्यूजी काउन्सिलले बाढीका कारण पूरै गाउँ डुबेको र मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्