२३ जेठ २०८३, शनिबार

अर्जेन्टिनाको लगातार दोस्रो जीत

भदौ २७, २०८०
काठमाडौं
अर्जेन्टिनाको लगातार दोस्रो जीत

विश्वकप छनोटअन्तर्गत अर्जेन्टिनाले लगातार दोस्रो जीत निकालेको छ । गएराति भएको खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३-० गोल अन्तरले हराएको हो ।

यसअघि पहिलो खेलमा अर्जेन्टिनाले इक्वेडरलाई हराएको थियो । 

अर्जेन्टिनालाई जिताउन इन्जो फर्नान्डेज, निकोलस टागिलाफिको र गोन्जालेजले एक/एक गोल गरे । 

लगातार दोस्रो जित दर्ता गरेको अर्जेन्टिना शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार नै भएको अन्य खेलमा ईक्वेडर र भेनेजुयला विजयी भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्