मुख्य प्रशिक्षक ह्यान्सी फ्लिकलाई बर्खास्त गरेपछि जर्मनीले पहिलो जित निकालेको छ । अन्तराष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा गएराति जर्मनीले फ्रान्सलाई २– १ ले पराजित गरेको हो ।
जीत निकाल्नेक्रममा जर्मनीको लागि थोमस मुलर र लिरोय सानेले समान एक गोल गरेका थिए । फ्रान्सको लागि एन्टोइन ग्रिजमनले एक गोल पेनाल्टीमार्फत फर्काए ।
मुख्य प्रशिक्षक फ्लिकलाई बर्खास्त गरेपछि जर्मनीले गत मार्चपछि पहिलो जीत निकालेको हो ।
यसअघिको खेलमा जापानसँग ४–१ ले पराजित भएपछि फ्लिक बर्खास्तगीमा परेका थिए ।
त्यसअघि खेलेका ४ खेलमा पनि जर्मनी जितविहीन थियो । ५ मध्ये ४ खेलमा पराजित भएको थियो ।