वीरगन्ज, ४ असोज– स्थानीय तह तेस्रो चरणअन्तर्गत सोमबार चुनाव भएको २ नम्बर प्रदेशको एकमात्र महानगरपालिका वीरगन्जमा निकै सुस्त गतिमा मतगणना भइरहेको छ ।
मंगलबार दिउँसो २ बजेदेखि शुरु भएको मतगणनाको पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय जनता पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।
जारी मतगणनाको पछिल्लो मतपरिणाम अनुसार राजपाका उम्मेदवार राजेशमान सिंहले १२३६ मत ल्याएका छन् । यस्तै कांग्रेसका उम्मेदवार अजय द्विवेदी ९६३ मतसहित राजपाका सिंहलाई पछ्याइरहेका छन् ।
यस्तै संघीय समाजवादी फोरमका उम्मेदवार विजय सर्राफ तेस्रो स्थानमा छन् । उनले अहिलेसम्म ७०५ प्राप्त गरेका छन् ।