
दीपेन्द्र लामाको निर्देशन रहेको फिल्म ‘नाङ्गो गाउँ’ शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।
यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, शिशिर वाङ्देल लगायतको अभिनय छ ।
स्टार कलाकारहरू रहे पनि फिल्मको प्रचारप्रसारमा भने खासै साथ दिएको देखिएको छैन । दयाहाङ र मिरुनाले प्रचारमा केही समय साथ दिए पनि अन्य कलाकारहरू खासै देखिएनन् । साम्राज्ञी त फिल्मको औपचारिक कार्यक्रमदेखि अन्य प्रचारप्रसारमा पनि देखिइनन् ।
उनी प्रचारप्रसारमा नदेखिनुको कारण निर्माणपक्षले खुलाएको छैन ।
फिल्ममा उनी र कार्मलाई रोमान्टिक रुपमा समेत प्रस्तुत गरिएको ट्रेलरमा देख्न सकिन्छ ।
साम्राज्ञीका गतवर्ष २ वटा फिल्म असफल भएका कारण यो फिल्म चल्नु उनका लागि फाइदाजनक छ । तर, प्रचारप्रसारमा उनले गरेको वेवास्ताले भने धेरैलाई आश्चर्य बनाएको छ ।