
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेल स्वदेश फिर्ता भएका छन् ।
संविधानसभाका अध्यक्ष एवं पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण उनी आफ्नो जारी चीन भ्रमण छोट्याएर आज स्वदेश फिर्ता भएका हुन् ।
महासचिव पोखरेल नेतृत्वको टोली चीन भ्रमणमा रहँदा नेता नेम्वाङको निधन भएपछि भ्रमणका सबै कार्यक्रम रद्द गरिएको एमालेको केन्द्रीय प्रचार विभागले जनाएको छ ।
विभागका अनुसार हवाई टिकट मिलेपछि त्यहाँ रहेका अन्य नेताहरू पनि छिट्टै स्वदेश फर्कने छन् ।