०६ असार २०८३, शनिबार

दुई नम्बर प्रदेशमा मतगणना गर्न २९८ टोली परिचालन, तर पनि सुस्त किन ?

कात्तिक २०, २०७४
दुई नम्बर प्रदेशमा मतगणना गर्न २९८ टोली परिचालन, तर पनि सुस्त किन ?

काठमाडौँ, ४ असोज– प्रदेश नम्बर २ का आठ जिल्लामा सोमबार भएको निर्वाचनको अहिले राजविराज नगरपालिकाबाहेक १३३ वटा स्थानीय तहमा २९८ टोलीबाट मतगणना भइरहेको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट बिहान ९ः३० बजे प्राप्त विवरणअनुसार सबै स्थानीय तहमा शान्तिपूर्ण ढंगबाट मतगणना भइरहेको छ ।

यसैबीच, रौतहटको गरुडा नगरपालिका–३ को वडाध्यक्ष पदमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच एक मत फरकको परिणाम आएपछि माओवादी केन्द्रका उम्मेदवारले पुनः मतगणनाका लागि निवेदन दर्ता गराएका छन् ।

सो विषयमा राजनीतिक सहमति कायम भएलगत्तै उक्त स्थानीय तहमा मतगणना पुनः शुरु हुने बताइएको छ ।

त्यस्तै, बारा जिल्लाका बारागढी गाउँपालिकामा माओवादी केन्द्रका प्रतिनिधि उपस्थित नभई मतपेटिका खोलिएको भन्ने विषयमा सामान्य विवाद उठेपछि रोकिएको मतगणना राजनीतिक सहमति जुटाएर मतगणना शुरु गर्ने प्रयास भइरहेको सूचना प्राप्त भएको छ ।

राजविराज नगरपालिकाको वडा नं १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै मतगणना कार्य शुरु हुने बताइएको छ ।

निर्वाचन आयोगले मतगणना चलिरहेका १३५ स्थानीय तहमा २९८ टोली परिचालन गरेको जनाएपनि मतगणना भने सुस्त गतिमा अगाडि बढिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्