०८ असार २०८३, सोमबार

तीज पर्वलाई सांस्कृतिक उत्सवका रूपमा मनाउनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

भदौ २९, २०८०
काठमाडौं
तीज पर्वलाई सांस्कृतिक उत्सवका रूपमा मनाउनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीज पर्वलाई सांस्कृतिक उत्सवका रूपमा मनाउनुपर्ने बताएका छन् । 

शुक्रवार गृह मन्त्रालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले महिला कर्मचारीहरूलाई तीजको शुभकामना दिँदै यस्तो बताएका हुन् । 

null

पूर्वीय संस्कृतिमा मानव जीवनलाई सकारात्मक दिशा दिने कयौं पक्षहरू भएको बताउँदै उनले तीज पर्वलाई पितृसत्तात्मक विकृतिबाट मुक्त गर्नुपर्ने बताए ।

तीज एक सामाजिक–सांस्कृतिक पर्व भैसकेकाले हिजो यसको उत्पत्ति कसरी भयो भन्नुभन्दा पनि आज कसरी मनाउने भन्नेमा बढी सोच्नुपर्ने उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्