०३ साउन २०८३, आइतबार

समाज रुपान्तरणका लागि कांग्रेस एकजुट हुनुपर्छ : विश्वप्रकाश शर्मा

भदौ २९, २०८०
झापा
समाज रुपान्तरणका लागि कांग्रेस एकजुट हुनुपर्छ : विश्वप्रकाश शर्मा
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समाज रुपान्तरणका लागि कांग्रेस एकजुट हुनुपर्ने बताएका छन् ।

शुक्रवार झापामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले वडा, गाउँ, नगर, क्षेत्र आदि सशक्त भएमा देश आफैं बन्ने र पार्टी पनि मजबुत हुने बताए ।

महामन्त्री शर्माले राजनीतिक उपलब्धिको स्थायित्व र समाज रुपान्तरणका लागि कांग्रेस अभियानलाई बढाउन जरुरी रहेको बताए । “चुनाव हार्नु र जित्नु सामान्य प्रक्रिया हो”, उनले भने, “तर देश बनाउन र समाज रुपान्तरण गर्न कांग्रेस अभियान मजबुत बन्नुपर्छ ।”

संविधान निर्माण र राजनीतिक उपलब्धि हात पार्ने कुरामा नेपाली कांग्रेसले सधैं नेतृत्वदायी भूमिका खेलेको बताउँदै शर्माले प्राप्त उपलब्धिको रक्षा गर्ने जिम्मेवारी पनि कांग्रेसकै काँधमा रहेको बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्