१० साउन २०८३, आइतबार

एसीसी यू–१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

भदौ २९, २०८०
काठमाडौं
एसीसी यू–१९ प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसीसी यू–१९ प्रिमियर कप क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । 
     
आगामी अक्टोबर १२ देखि २४ तारिकसम्म मलेसियामा हुने उक्त प्रतियोगिताका लागि क्यानले आज २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो । उक्त प्रतियोगितामा नेपाल समूह एमा परेको छ । नेपालको समूहमा बहराइन, साउदी अरेबिया र इरान रहेका छन् । त्यसैगरी  समूह बी मा संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, कतार र चीन छन् ।
     
समूह सीमा सिङ्गापुर, कुवेत, थाइल्यान्ड र माल्दिभ्स छन् भने समूह डीमा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन् । 

बन्द प्रशिक्षणमा बोलाइएका टोलीमा आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा ए, दीपक बोहरा बी, उत्तम थापामगर, दीपक डुम्म्रे, दीपक कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल र सुवास भण्डारी छन् । 
    
त्यसैगरी विशाल केसी, मिलन बोहरा, प्रज्वल थापा, तुलबहादुर थापा, निर्मल गुरुङ, राजेश यादव, विपिन रावल, युनिससिंह ठकुरी, अशोक पौडेल, अभिषेक तिवारी, नरेन भट्ट र निरज यादव रहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्