असोज १०, २०८०
बागलुङको नेपाल माध्यमिक विद्यालयलाई दक्षिण कोरियाली सरकारले सहयोग गर्ने भएको छ । विद्यालयको स्तर उन्नतीका लागि नेपाल सरकार र दक्षिण कोरियाली प्रतिनिधि मण्डलबीच शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा एक सम्झौता ...
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षामा दलीय स्वार्थ हावी हुन नहुने बताएकी छन् ।
आज बाल दिवसको अवसरमा मदन भण्डारी मेमोरियल स्कुल जोरपाटीमा आयोजित कार्यक्रममा उनले शिक्षामा दलीय स्वार्थ हावी हुँदा राष्ट्रको अवस्था खराब बाटोमा जाने बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “शिक्षाको नीति बनाउँदा दलीय आँखाले हेर्नु हुँदैन, शिक्षा भनेको विकासको पहिलो पूर्वाधार हो, त्यसैले शिक्षामा दलीय स्वार्थ हावी हुँदा राष्ट्रको अवस्था खराब बाटोतर्फ जान्छ ।” उनले राष्ट्रिय शिक्षा नीति बनाउँदा पार्टीको चस्मा लगाउन हुँदैन भन्दै राष्ट्रको चस्मा लगाएर शिक्षा नीति बनाउनु पर्ने औँल्याइन् ।
संविधानले सोचे जस्तो शिक्षा दिन नसकिए देशको अवस्था सुधारिँदैन भन्दै उनले युवा शक्तिको विदेश पलायन रोक्न उचित र स्वदेशमै काम लाग्ने शिक्षा दिन आवश्यक रहेको बताइन् ।
“हाम्रो देश कृषि प्रधान देश हो, वन जङ्गलको धनी देश, जलस्रोतको धनी देश हो, उर्वर भूमि हामीसँग छ, तर खाद्यान्न विदेशबाट ल्याउनु पर्ने अवस्था छ”, पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “खेतबारी बाँझै छन्, कृषिमा काम गर्नेलाई हेला गर्ने सोच हामीसँग छ । अतः यस्तो सोचलाई अब अन्त्य गर्नुपर्छ ।”
कार्यक्रममा मदन भण्डारी फाउन्डेसनका अध्यक्ष एवं पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले जुन घरमा मानिसको जन्म हुन्छ उसले त्यही घरको जात, धर्म, परम्परा अपनाउने भएकाले मानिस जन्मदै जात, धर्म परम्परा भनेर लिएर नआउने भएकाले जात, धर्मलाई विवादमा ल्याउन नहुने बताए । रासस
बागलुङको नेपाल माध्यमिक विद्यालयलाई दक्षिण कोरियाली सरकारले सहयोग गर्ने भएको छ । विद्यालयको स्तर उन्नतीका लागि नेपाल सरकार र दक्षिण कोरियाली प्रतिनिधि मण्डलबीच शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा एक सम्झौता ...
रुपनी जीएम वरिपरि सानासाना नानीहरू, तीनै नानीहरूको बीचमा बसेर क, ख, ग, घ र १, २, ३, ४ सिक्दै गरेकी दुजीकुमारी ओली । उमेरले उनी ५० वर्ष नाघिसकेकी छिन् । हेर्दा लाग्छ, उनी ती नानीबाबुलाई सिकाउने श...
सरकार र नेपाल शिक्षकसँगको ६ बुँदे सहमतिप्रति असहमति जनाउँदै आइरहेका शिक्षकहरूले आन्दोलन जारी राख्ने भएका छन् । । पेन्सन बन्चित शिक्षक केन्द्रीय संघर्ष समितिले शनिवार साँझ एक विज्ञप्ति जारी गर्दै आफ्ना माग सरकार...
हुम्लाको नाम्खा गाउँपालिकाले नियमित पठनपाठन गराउन निर्देशन दिएको छ । संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकको संशोधनको माग गर्दै नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको अगुवाइमा देशभरका विद्यालय बन्द...
वीरगञ्ज– मधेश विश्वविद्यालयले आगामी मङ्सिर ४ गतेदेखि कानून सङ्कायको पठनपाठन शुरू गर्ने भएको छ । स्थापना भएको पहिलो एक वर्षमै पठनपाठन शुरू गर्न लागेको कानुन सङ्कायतर्फ बीए एलएलबीमा अहिले विद्यार्थीहरूको...
सरकार र राजधानीमा तीन दिन आन्दोलन गरेको शिक्षक महासंघबीच ६ बुँदे सहमति भएसँगै सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । यससँगै अब आइतबारदेखि देशभरका सामुदायिक विद्यालयमा निर्वाधरुपमा पठनपाठन सुरु हुने अप...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...