०६ असार २०८३, शनिबार

गैह्रीगाउँ हत्या : एकै परिवारका तीनसहित चारै जनाको पहिचान खुल्यो, एक जना पक्राउ

भदौ ३०, २०८०
काठमाडौं
गैह्रीगाउँ हत्या : एकै परिवारका तीनसहित चारै जनाको पहिचान खुल्यो, एक जना पक्राउ

काठमाडौँको गैह्रीगाउँमा हत्या भएको अवस्थामा फेला परेका चार जनाको पहिचान खुलेको छ । हत्या हुनेमा एकै परिवारका तीन जना छन् । 

दोलखा घर भएका ५५ वर्षीय कुमार भुजेलको परिवारका तीनसहित चार जनाको हत्या भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय एसएसपी दिनेश मैनालीले लोकान्तरलाई जानकारी दिए । 

उनका अनुसार उनले सुरक्षा गार्डको काम गर्दै आएका थिए । उनकी श्रीमती करिब ५२ वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेलको पनि हत्या भएको उनले बताए । 

हत्या गरिएका अर्का एक जना भने मोरङका हुन् । मोरङका १९ वर्षका नवीन राईको हत्या भएको उनले बताए । 

उनीहरू चारै जनाको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल महाराजगन्ज लगिएको उनको भनाइ छ । 

घटनास्थलबाट सोधपुछको लागि काठमाडौं-३२ तीनकुने बस्ने दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको हो । 

 गैह्रीगाउँस्थित दिव्य सः मिलभित्र धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर हत्या गरेको अवस्थामा गएराति चार जनाको शव भेटिएको थियो । 

राति १२ बजेतिर घटना भएको प्रारम्भिक जानकारी आएको उनले बताए । घटनाको कारण खुलिसकेको छैन । 

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्