
सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित अरनिको राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका नवीन पाण्डे र पाँचपोखरी थाङपाल गाउँपालिकाका सुरज दोङ रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
मृतक पाण्डे अनेरास्ववियु सिन्धुपाल्चोकका सहसंयोजक र दोङ जिल्ला सदस्य हुन् ।
शनिवार दिउँसो १ बजे इन्धन बोक्ने ट्यांकरले बा प्र. ०२–०३१ प ५९७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरूको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । खाडिचौरबाट बन्देउतर्फ जाँदै गरेको ना ८ ख ३७६ नम्बरको ट्याङकरले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ठक्कर दिने ट्याङकर र चालक भीमबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।