असोज ६, २०८०
चीनका राष्ट्रपति सी चिनफिङले १९औं एसियाली खेलकुदको शनिबार हाङझोउमा भव्य समारोहबीच उद्घाटन गरेका छन् । चीनको अपनाएको शून्य–कोभिड नीतिका कारण एक वर्ष ढिला आयोजना गरिएको प्रतियोगितामा ४५ देश र ...
टप अफ दि वर्ल्ड गल्फ क्लासिकको उपाधि लगातार दोस्रो पटक श्याम तामाङले जितेका छन् ।
मुस्ताङ गल्फ कोर्समा स्टेवलफोर्ड फुल ह्यान्डिक्याप फर्मयाटमा भएको नौ होलको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन श्याम तामाङले १९ अंक सहित उपाधि रक्षा गरे। उनले लिलाजङ्ग गुरूङलाई हराए। लिलाले १८ अंक बनाउदै दोस्रो स्थान प्राप्त गरे।
ग्रसतर्फ रबिन रानाले काउन्ट ब्याकमा उपाधि जिते। उनी ११ अंकमा याम राणा र पीबी राईसंग बराबरी भएपछि विजेताको छिनोफानो काउन्ट ब्याकमा गरिएको हो। महिलातर्फ जुनी गुरूङले उपाधि जितिन्। उपाधि जित्ने क्रममा जुनीले १५ अंक जोडिन् । उनले सुष्मा सिंहलाई पराजित गरिन् । दोस्रो भएकी सुष्माले १३ अंक बनाइन्। सिनितरतर्फ १६ अंक सहित बलराम थापा पहिलो भए।
प्रतियोगिताको क्लोजेस्ट टु दी पिनको उपाधि मेजर विजोय मोक्तान, लङगेस्ट ड्राइभको उपाधि माधब सिम्खडा र मोस्ट बर्डिजको उपाधि आत्मराम सिम्खडाले जिते। ४ हजार ६ सय ५० मिटरको उचाइमा भएको प्रतियोगितामा ४ महिला सहित २८ गल्फरको सहभागिता रहेको थियो। विश्वकै सर्वाधिक अग्लो स्थानमा रहेको यो गल्फ कोर्स गिनीज बुक अफ वर्ल्ड रेकर्डमा दर्ज गर्ने प्रक्रियामा रहेको मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले बताए। उनले गल्फबाट लोमान्थाङलाई चिनाउने र विश्वकै गल्फ पर्यटनलाई आकर्षित गरेर यो क्षेत्रको व्यापार व्यवसाय र रोजगारीलाई समेत टेवा पुग्ने जिकिर गरे। गत वर्ष यो गल्फ कोर्सको उद्घाटन भएको हो।
मुस्ताङ गल्फ कोर्सद्वारा आयोजित प्रतियोगिता लोमान्थाङ गाउँपालिका, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, जर्मन बेकरी पोखरा र चिम्ले अर्चिर्डको सहयोगमा सम्पन्न भएको हो।
विजयी खेलाडी तथा सहभागीलाई लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नोर्बु गुरूङ, उपाध्यक्ष छिम्मी बिष्ट, प्रशासकीय अधिकृत बुद्धिराम उपाध्याय, नेपाल गल्फ संघका उपाध्यक्ष पवित्र कुमार कार्की, लो–घेकर दामोदरकुण्ड गाउँपालिकाकाका अध्यक्ष लोब्साङ छोम्पेल बिष्ट र मुस्ताङ गल्फ कोर्सका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले पुरस्कार वितरण गरे।
चीनका राष्ट्रपति सी चिनफिङले १९औं एसियाली खेलकुदको शनिबार हाङझोउमा भव्य समारोहबीच उद्घाटन गरेका छन् । चीनको अपनाएको शून्य–कोभिड नीतिका कारण एक वर्ष ढिला आयोजना गरिएको प्रतियोगितामा ४५ देश र ...
नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध भएका छन् । उनी निर्विरोध भएपछि अब उनकै प्यानलका पारस खड्काको प्रतिस्पर्धा कस्तो होला भन्ने धेरैलाई चासो छ । नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस ख...
नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का नेपाल क्रिकेट संघ (क्यान) को सचिव जित्न ६ मतले टाढा छन् । ८५ मध्ये ६० मत गणना हुँदा पारसले ३७ मत ल्याएका छन् । अब ६ मत ल्याउँदा पारस विजयी हुनेछन् । ...
नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचनमा सचिव पदमा पूर्वकप्तान पारस खड्का र पूर्वसचिव प्रशान्तविक्रम मल्लबीच कडा प्रतिस्पर्धा देखिएको छ । ३७ मत गणना हुँदा पारसले २० र प्रशान्तले १७ मत प्राप्त गरेका छन् । पारस ...
एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा भएको ‘सेलिब्रेटी भर्सेस सेलिब्रेटी’ फूटबलमा अनिल गुरुङले कप्तानी गरेको समूह विजयी भएको छ । एनसेल मुख्यालय आगाडिको लैनचौरमा भएको मैत्रीपूर्ण फूटबलमा गुरुङ ने...
नेपाल क्रिकेट संघको निर्वाचनमा सचिव पदमा पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लविरुद्ध अग्रता बढाउँदै लगेका छन् । ८५ मध्ये ५० मत गणना हुँदा पारस २९ मतसहित ८ मतले अगाडि छन् । यता प्रशान्तले २१ मत ल्या...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...