
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शक्ति हुनुपर्नेमा जोड दिएका छन् ।
आज शिखा प्रकाशनबाट प्रकाशित विशेश्वरप्रसाद कोइरालाको ‘जेल डायरी’ (१९६२–१९६८) को लोकार्पण कार्यक्रममा उनले कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विपीले उल्लेख गरेअनुसार नैतिक सत्ता पछिल्लो राजनीतिमा भएकामा आशङ्कासमेत व्यक्त गरेका हुन्।
उनले पुस्तकको समीक्षा गर्दै पुस्तक पूरा पढेर मात्र टिप्पणी गर्नसमेत आग्रह गरे । “मलाई सबैभन्दा घातक लागेको कुरा, परिस्थितिजन्य र मनस्थितिजन्य टिप्पणीलाई हामी आफ्नो अनुकूलताअनुसार दृष्टिकोण हो भनेर भन्दिने !”, उनले भने, “यदि यसलाई राम्रोसँग नपढेर, साङ्गोपाङ्गो पढेर योसँग भएका अरु सन्दर्भ सामग्री नपढीकन यसबाट छोटो कुनै टिप्पणीका आधारमा, उद्धरणका आधारमा हामीले विपी यस्तो भन्नुहुन्थ्योे, उसो भन्नुहुन्थ्यो नभनौँ ।”
उनले विपीले उक्त डायरीमा समाजवादको विषयबारे महत्त्वपूर्ण तरिकाले उल्लेख गरेको बताए ।