१६ असार २०८३, मंगलबार

सुदूरपश्चिम पत्रकार समाज काठमाडौं गठन, अध्यक्षमा बम

भदौ ३१, २०८०
काठमाडौं
सुदूरपश्चिम पत्रकार समाज काठमाडौं गठन, अध्यक्षमा बम

सुदूरपश्चिम पत्रकार समाज, काठमाडौं गठन भएको छ । सुदूरपश्चिम प्रदेश घर भई काठमाडौंमा कार्यरत पत्रकारहरूको भेलाले शनिबार नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार यम बमको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो । 

समितिको उपाध्यक्षमा लक्ष्मी बलायर, सचिवमा भुपेन्द्र शाह, कोषाध्यक्षमा सरिता थारू र सहसचिवमा रमेश टमट्टा रहेका छन्।

समितिको सदस्यमा सन्तोष रोकाया, प्रशान्त ओझा, लोकेन्द्र भट्ट, कृष्णसिंह लोथ्याल, कपिल भट्ट र हरि भट्ट रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्