२४ जेठ २०८३, आइतबार

७३८ जना कर्मचारीको जागिर खोसियो

भदौ ३१, २०८०
पर्सा
७३८ जना कर्मचारीको जागिर खोसियो

वीरगन्ज महानगरपालिकामा कार्यरत ७३८ जनाको जागिर खोसिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयमा उजुरी परेपछि महानगरपालिकाले भदौ २७ गते बुधबारदेखि लागु हुने गरी ती कर्मचारीलाई कामकाजमा नलगाउन आदेश जारी गरेको हो ।

महानगरपालिकाले जारी गरेको पत्रमा सबै वडा कार्यालय, महाशाखा, उपशाखा, एकाइ प्रमुख, स्वास्थ्य चौकी, केन्द्रका कार्यालयमा स्थायी र करारमा कार्यरत रहेका कर्मचारीबाहेकका कसैलाई पनि कामकाजमा नलगाउने भनिएको छ । यस्तो पत्र जारी भएपछि विभिन्न मिति र विभिन्न तहमा नियुक्ति पाएका ज्यालादारी कर्मचारीको जागिर सकिएको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्