ब्राजिलको अमेजन जंगलमा विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । बार्सेलोस शहरनजिकै शनिवार भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
सानो प्रोपेलर प्लेन दुर्घटनाग्रस्त भएको हो । भारी वर्षाका कारण विमान दुर्घटना भएको अधिकारीहरूले बताएका छन् । विमानमा चालक दलका दुई जना र १२ यात्रु थिए ।
कम भिजिबिलिटीका कारण ल्याण्ड गर्ने क्रममा विमान दुर्घटना भएको समाचारमा उल्लेख छ । मृतक सबै ब्राजिल मूलका रहेको बताइएको छ । उद्यपि यसबारे आधिकारिक रूपमा केही बताइएको छैन ।