०७ असार २०८३, आइतबार
न्यायाधीश बन्न खोज्नेहरूको हाल

२९ जिल्ला न्यायाधीशका लागि २११ जनाले परीक्षा दिँदा १ जना मात्र उत्तीर्ण

भदौ ३१, २०८०
काठमाडौं
२९ जिल्ला न्यायाधीशका लागि २११ जनाले परीक्षा दिँदा १ जना मात्र उत्तीर्ण

न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षामा १ जना मात्र उत्तीर्ण भएका छन् ।

आयोगले पारसमणि पोखरेललाई मात्र अन्तर्वार्ताका लागि सिफारिश गरेको हो ।

आयोगले २०८० साउन १६ देखि २० गतेसम्म लिएको लिखित परीक्षामा २११ जना सहभागी भएकोमा एकजना मात्र उत्तीर्ण भएका हुन् ।

आयोगले आन्तरिक खुलातर्फ १५ जना, खुलातर्फ ७ जना, महिला २ जना, आदिवासी जनजाति २ जना, मधेशी २ जना र दलित १ जना गरी कुल २९ जना जिल्ला न्यायाधीशका लागि परीक्षा लिएको थियो । 

तर, १ जना मात्र उत्तीर्ण भएको न्याय सेवा आयोगले भदौ ३१ गते जारी गरेको सूचनामा उल्लेख छ ।

हेर्नुहोस्, सूचना :

null

salt training

कमेन्ट गर्नुहोस्